कार्यपालिका र व्यवस्थापिकाको शक्ति–प्रभाव न्यायालयमा सेट गर्ने पात्रमा सबैभन्दा अगाडि देखिन्छन्, संविधानसभाका अध्यक्ष एवं विघटित प्रतिनिधिसभाका सांसद सुवासचन्द्र नेम्बाङ । ०५१ देखि नबिराई सांसद चुनिएका नेम्बाङले आफ्नो ल फर्ममा काम गर्ने करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीशमा पुर्याएका छन् । त्यसमध्ये केही अवकाश पाइसके भने धेरैजसाे पदमै छन् । नेम्बाङ, भरतराज उप्रेती, वैद्यनाथ उपाध्यायसहितको टिमले पायोनियर ल एसोसिएट्स चलाएको थियो । ०६४ र ०७० को दुवै संविधानसभामा नेम्बाङ अध्यक्ष थिए । ०४८ मा पुनरावेदन अदालतबाट न्यायालयमा छिरेका उपाध्याय ०६७ मा सर्वोच्चको न्यायाधीश बन्न सफल भएका थिए, जतिखेर नेम्बाङ संविधानसभाको अध्यक्षमा आसीन थिए । प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२०मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।