एमालेले पहिलो पटक प्रतिनिधिसभाको चुनावमा उतारेका उम्मेदवारहरु मध्ये राजवैद्य एक हुन् ।काठमाडौँमा जन्मिएका राजवैद्य काठमाडौँ महानगरको राजनीतिक वृतमा सरल र साधारण स्वभाव भएको सक्रिय राजनीतिक कार्यकर्ताओ रुपमा परिचित छन् । यस अघि जिसस काठमाडौँको प्रमुखको रुपमा आफुले खेलेको भूमिकाका कारण अहिले पार्टीले प्रतिनिधिसभामा उम्मेदवार बनाएको वैद्यको विश्वास छ ।
यस निर्वाचनमा गठबन्धनको पक्षमा चुनावी माहोल नरहेको उनको ठहर छ । राजनीतिमा आफ्नो विचार र सिद्धान्त मिल्नेसँग गठबन्धन हुनुपर्नेमा विपरित विचार समुहबीच भएको गठबन्धन देशको राजनीतिका लागि सहि नभएको उनको उनको बुझाइ रहेको छ । सत्तारुढ गठबन्धन बाहेक एमालेले पनि चुनावी तालमेल गरेको विषय बाध्यात्मक भएको उनको ठहर छ । गठबन्धनले सरकार संचालनमा सफल हुननसकेको आमा जनताको बुझाइ रहेकाले निर्वाचनमा उनीहरुले सोचेजस्तो सफलता पाउन नसक्ने उनले दाबि गरे ।
अब चुनावी मैदानमा राजवैद्यले जनताको सेवालाई केन्द्रमा राखेर मतदाताको घरमा भोट मागिरहेको बताए । काठमाडौँ-८ मा राजधानी भएपनि सुकुम्बासी समस्या, स्वबासी समस्या, खानेपानीको समस्या सडकको समस्या प्रमुख रहेको उनले बताए । यसबाहेक धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण, कला, स्थानीय जात्रा, गुठि व्यवस्थापन जस्ता विषय आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
प्रतिनिधिसभामा निर्वाचित भएपछि जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्ने बाहेक नीति निर्माणका काममा आफु सक्रिय रुपमा लाग्ने उनको प्रतिबद्धता रहेको छ ।