कतिको लोकप्रिय/अलोकप्रिय छन्? इश्वरी विष्ट
Approved Disapproved

परिचय

मेरो नाम इश्वरी विष्ट, मेरो जन्म २०४१/०२/०१ गते डडेल्धुरा जिल्ला साविकको नवदुर्गा गा.पा. वडा नं. ४ सुवाकोटमा भएको हो । मेरो अध्ययन कक्षा १ देखि कक्षा ५ सम्म श्री नवदुर्गा प्रा. वि. सुवाकोट र कक्षा ६ देखि ८ सम्म नवदुर्गा मा.वि., चिल्फी, ९ देखि १० सम्म श्री दिल्पेश्वर उ.मा.वि. दिपायल डोटी भएको हो । २०६०/०२/०१ गते नेपाल प्रहरी संगठनबाट आफूलाई राष्ट्र र जनताको सेवामा समर्पत गरे । साविकको प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा १२ वर्षसम्म हजारौ प्रहरीलाई तालिम प्रदान गरेको अनुभव र म प्रहरी सेवामा रहँदा समाजमा रहेका विभेद, विकृती, विसंगतीसँग साक्षात्कार हुने अवसर पाए, यी समाजमा व्याप्त विभेद, विकृती र विसंगती विरुद्ध संघर्ष गरी जनताको अवस्था बदल्ने अभियानमा गोलबद्ध हुनका लागि १८ वर्ष राष्ट्र र जनताको सेवा गरि २०७८/७/१३ गते स्वच्छीक अवकास लिई आफूलाई समाज सेवा प्रति समर्पत गरेको छु । देशमा प्रजातन्त्र र गणतन्त्र आएको झण्डै ३२ वर्ष बितिसक्दा पनि हामी नेपालीहरुको जीवनस्तर माथि उठ्न सकेको छैन । विगतमा जन्ताबाट निर्वाचित भएर गएका सांसद र मन्त्रीहरुले राजनीतिलाई कमाई खाने भाडोको रुपमा प्रयोग गर्दै आएका छन् । अझ प्रदेश सरकार राष्ट्रको लागि एउटा भाडो बन्दै आएको छ मैले यस पटक उम्मेदवारी दिएको यस क्षेत्रबाट पटक पटक सांसदहरु प्रतिनिधित्व गरी सकेका पूर्व सांसद मन्त्रीहरुले पनि विकास निर्माणको सम्बन्धमा प्रभावकारी भूमिका खेल्न नसकेको कुरा घाम जस्तै छलङ्ग छ । अरु विगतमा उनीहरुले जनता सामु वाचा गरेका कुराहरु पूरा गर्न कति पटक घर दैलोमा आए यसको मूल्यांकन र छिनोफानो गर्ने अधिकार आम जनताको हातमा छ । प्रजातन्त्रमा एउटा पार्टी वा पार्टी प्रतिनिधिहरुले राम्रो काम गर्न नसके अर्को नयाँ पार्टीलाई मतदान गर्ने जनतामा पूर्ण अधिकार हुन्छ । यस क्षेत्रका जनताबाट समर्थन नपाउने अवस्था भएपछि विगतका निर्वाचनमा पार्टीलाई कार्यकर्ता मार्फत व्यापक पैसा र साधनस्रोतको दुरुपायोग गरीमतदातालाईप्रभावित गर्न खोजेको कुरा यहाँहरु समक्ष जग जाहेर नैछ। मैले तपाईहरुको आशिर्वादबाट यस निर्वाचनमा सफलता प्राप्त गर्न सकेमा यस क्षेत्रमा देखिएका तपसिल बमोजिमका जल्दाबन्दा समस्याहरुलाई समाधान गर्न तत्काल कदम चालिनेछ ।