संघीय संसद् प्रतिनिधिसभा निर्वाचन २०७४ मा बारा ३ बाट प्रत्यक्ष निर्वाचित ।१ पटक वन तथा वातावरण मन्त्री, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका सबै राजनीतिक आन्दोलनमा सहभागी ।२०४३ मा अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीतिमा आबद्ध । अनेरास्ववियुका विभिन्न इकाई तथा कमिटीमा रहेर कार्यसम्पादन । २०६० देखि २०७१ सम्म नेकपा (एमालेको जिल्लास्तरमा बुद्धिजीवी सल्लाहकार । २०७२ सालसम्म एमालेको राजनीतिमा सक्रिय । २०७३ मा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध । मधेस केन्द्रित दलको एकीकरणपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा केन्द्रीय सदस्य । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय सदस्य हुँदै हाल नेकपा एमालेमा आबद्ध ।