पतिबद्दता : मेयर शाक्यले १ हजार ९५ मेट्रिक टन फोहोर व्यवस्थापन, १ हजार ८०३ रुख रोप्ने, सार्वजनिक स्थानमा १ हजार ७ सय ७६ सौर्य बत्ती जडान, ८४ वर्षभन्दा माथिका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा १२ हजार रुपैयाँ विनियोजन र सहरका निश्चित स्थानमा वाइफाइ जोन घोषणा गरेका थिए । उनले नेवा संस्कृति र परम्परा जोगाउने, काठमाडौंलाई देशका जनताले गर्वका साथ आफ्नो सहर भन्न सक्ने सांस्कृतिक सहर बनाउने । काठमाडौंलाई एउटा यस्तो ठाउँमा परिणत गर्ने उपत्यका बाहिरका र भित्रका मानिसहरूले यो सहरप्रति गर्व गर्ने उनले जनाएका छन् ।