वसन्तकुमार नेम्वाङ नेपालका राजनीतिज्ञ तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन् ।उहाँले दोस्रो ओली मन्त्रिपरिषद्मा कृषि तथा पशुपन्छी विकास मन्त्री, खानेपानी मन्त्री, सूचना तथा सञ्चार मन्त्री र शहरी विकास मन्त्रीको रुपमा पनि काम गर्नुभएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का सांसद हुन्। नेम्बाङले सन् १९९१ देखि भएका तीनवटै विधान सभा निर्वाचनमा पाँचथर–१ मा उम्मेदवारी दिएका थिए भने तीनवटै निर्वाचनमा उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता दीपकप्रकाश बाँस्कोटा रहेका थिए ।