कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।त्यस्तै कतारको अल थुमामा स्टेडियममा हिजो भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित ग¥यो ।
विश्वकप फुटबल : इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा
इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो । इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।--
विश्वकप फुटबलः फ्रान्स क्वाटरफाइनलमा
फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ । कतारको अल थुमामा स्टेडियममा हिजो भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित ग¥यो । जीतसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो ।
यसअघि सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए । उनले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ७४औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जीत पक्का भएको थियो । खेलको दोस्रो हाफको अत्तिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत् एक सानत्वना गोल गर्यो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक ह्युगो लोरिसले बचाए पनि रेफ्रीले पुनः प्रहार गर्न निर्णय दिए । प्रहार गर्नुअघि गोलरक्षक लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः प्रहार गर्न पाएका थिए । दोस्रो प्रयासमा भने उनले गोल गर्न सफल भए । विश्वकपमा फ्रान्स समूह डिको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्यान्ड समूह सिको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । -
अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा
दोहा: फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति दोहास्थित अहमद अल बिन अली रंगशालामा भएको खेलको ३५औं मिनेटमा लियोनेल मेसीले गरेका गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो।
मेसीले पेनाल्टी एरिया भित्रबाट सुन्दर गोल गर्दै दुई पटकको च्याम्पियनलाई अग्रता दिलाएका थिए।आफ्नो करिअरको एक हजारौं खेल खेलिरहेका मेसीले विश्वकपको नकआउट चरणमा गरेको यो पहिलो गोल हो। अस्ट्रेलियन मिडफिल्डर नह्युल मोलिनालाई फाउल गरेपछि अर्जेन्टिनाले फ्रि–किक पाएको थियो। सोही फ्रि–किकमा बनेको मुभमा मेसीले अर्जेन्टिनाका लागि ९४औं गोल गरे।
पेनाल्टी एरियाको दायाँतर्फबाट फ्रि–किक प्रहार गरेर १८ यार्ड बक्समा रन बनाएका मेसीलाई निकोलस ओटामेन्डीले असिस्ट दिएका थिए।सुरुआतदेखि नै संगठित रक्षात्मक शैली देखाएको अस्ट्रेलियाले अर्जेन्टिनालाई ओपन प्लेमा स्पष्ट मौका बनाउन भने दिएन। तर, ‘सेट पिस’मा मार्क गर्न नसक्दा सकरुज पहिलो हाफमा १–० ले पछाडि परेको थियो।
दोस्रो हाफमा थप आक्रमक बनेको अर्जेन्टिनाका लागि ५७औं मिनेटमा जुलियन अल्भारेजले दोस्रो गोल गरेका थिए। अस्ट्रेलियन गोलपिकर म्याथ्यु रायनले गरेको गल्तीको फाइदा उठाउँदै युवा फरवार्ड अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए।क्र्याग गुडविनले ७७औं मिनेटमा पेनाल्टी एरियाबाहिरबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो। फर्नान्डेजको आत्मघाती गोलसँगै स्कोरलाइन २–१ मा छोट्याएको अस्ट्रेलियाका लागि अजिज बेहिचले उत्कृष्ट मौका सिर्जना गरेका थिए।
मैदानको करिब बीच भागबाट शानदार रन बनाएका बेहिचले पेनाल्टी एरिया भित्र पुर्र्याएर गरेको सशक्त प्रहारलाई अर्जेन्टाइन डिफेन्डर लिसान्ड्रो मार्टिनेजले असफल बनाएका थिए।इन्जुरी समयमा कप्तान मेसीले दिएको सुन्दर पासमा अर्जेन्टाइन फरवार्ड लौटारो मार्टिनेज गोल गर्न असफल रहे। उनले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार रायनले असफल पारिदिएका थिए।
Comments