प्रत्यक्षतर्फ ३२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको कति सिट ?

Bhugolpark

१८ मंसिर, २०७९,१०:३६

काठमाडौंः प्रदेशसभा निर्वाचनअन्तर्गत् प्रत्यक्षतर्फ ३२८ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ११० निर्वाचन क्षेत्र जितेको छ भने १ सिटमा अग्रता कायम गरेको छ।

नेकपा एमालेले ९२ वटा निर्वाचन क्षेत्र जितेको छ भने १ सिटमा अग्रता कायम गरेको छ। । यस्तै, नेकपा माओवादी केन्द्रले ५३ सिट जितेको छ ।

नेकपा एकीकृत समाजवादीले १५ सिट जितेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ सिट जितेको छ । यस्तै, जनता समाजवादीले १० सिट र लोकतान्त्रीक समाजवादी पार्टीले ९ सिट जितेको छ । 

नागरिक उन्मुक्ति पार्टीले ५, जनमत पार्टीले ७ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जित हासिल गरेका छन् । स्वतन्त्र १२ उम्मेदवारले जितेका छन् ।



157 Views

Comments