काठमाडौंः प्रतिनिधिसभा निर्वाचनअन्तर्गत् प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ ।
नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ ।
नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको छ । यस्तै, जनता समाजवादीले ७ सिट र लोकतान्त्रीक समाजवादी पार्टीले ४ सिट जितेको छ ।
नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १/१ सिट जित हासिल गरेका छन् । स्वतन्त्र ५ उम्मेदवारले जितेका छन् ।
अब दोलखामा मात्रै मतगणना जारी छ । सो क्षेत्रमा एमालेका बालकृष्ण सिवाकोटीको अग्रता छ ।उहाँले १८६६३ मत पाउँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६७३७ मत पाएका छन्।
मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठका अनुसार हालसम्म ४१ हजार ९१८ मत गणना भइसकेको छ।
Comments