एमालेका थापालाई पराजित गर्दै बाजुरामा कांग्रेसका सहमहामन्त्री पाण्डे विजयी

Bhugolpark

१८ मंसिर, २०७९,०५:०७

बाजुरा : नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेहका हुन्।

पाण्डेले ३१ हजार ७ सय ८६ मत पाउँदा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका छन्। ०६४ पछि बाजुरामा कांग्रेसले पहिलो पटक चुनाव जितेको छ। ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन्।

बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१,

०७० र ०७४ एमालेले जितेको थियो। पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए। २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए।



154 Views

Comments