कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी

Bhugolpark

१३ मंसिर, २०७९,०४:१९

धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्।एमाले सचिवसमेत रहेका रघुवीरले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्।

रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन्।११२ मतान्तरले रघुवीर विजयी भएको निर्वाचन अधिकृत सुदीप दंगालले बताए।

२०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।


521 Views

Comments