गण्डकीका ऊर्जामन्त्री बर्खास्त

Bhugolpark

२२ कार्तिक, २०७९,०९:३४

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाएका छन्।

मुख्यमन्त्री पोखरेलले आज आचार्यलाई बर्खास्त गरेका हुन्।उनले ऊर्जामन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएका छन्।गण्डकी प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्रीबाट मन्त्री आचार्यलाई हटाएको पत्र प्राप्त भएको जनाएको छ।

प्रवक्ता चण्डीप्रसाद अर्यालले ऊर्जामन्त्री आचार्यलाई हटाएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको  बताए।

आचार्य नेपाल समाजवादी पार्टीका नेता तथा सांसद हुन्। उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित भएका थिए।

आचार्यले असोज २३ मा गठबन्धनविरूद्ध गोरखामा बागी उम्मेदवारी दर्ता गराएका थिए भने पछि फिर्ता लिएका थिए। 


258 Views

Comments