गृह मन्त्रालयले अमेरिका पुगे भन्यो, दीपक खड्का जलेको घरबाट सार्वजनिक भए

Bhugolpark

४ कार्तिक, २०८२,०९:४७

३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेको एकदिपछि निवर्तमान ऊर्जमन्त्री दीपक खड्का स्वदेशमै रहेको पाइएको छ ।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा उनी सोमबार सार्वजनिक भएको छन् । गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा नेपाली कांग्रेसका नेता खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए ।

‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं’, गृहमन्त्री अर्यालले अन्तरवार्तामा भनेका थिए । तर, खड्का भिडियोमार्फत काठमाडौंस्थित आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।


13 Views

Comments