लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह

Bhugolpark

३० भाद्र, २०८२,११:३४

३० भदौ, काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको प्रदर्शनका क्रममा लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर सामान फिर्ता गर्न भनेको हो । ‘प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको छ’ सूचनामा उल्लेख छ ।

यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिन पनि अनुरोध गरिएको छ । मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ । जेनजीको प्रदर्शनका क्रममा यही भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

 


76 Views

Comments