आर आर क्याम्पसमा अजा बृहत रक्तदान कार्यक्रम आयोजना भएको छ। हाल जेन्जिको आन्दोलन मा परी घाइते भएका मानिस हरु लाई प्रयाप्तमात्रामा रगत पुर्याउने उद्देश्य सहित अखिल केन्द्र को सहयोग मा स्ववियू आर आरले आयोजना गरेको हो।
देशमा भएको आन्दोलनको क्रममा घाइते भएका नागरिक लाई सहयोग गर्न साथै बजारमा पर्याप्त रगतको नभएकोले आयोजना गरिएको आर आर क्यम्पस स्ववियू सभापति लोकेश खड्काले बताएका छन्।
देश व्यापी रूपमा भएको जेन्जि आन्दोलनले देशको अवस्था बिग्रिएको बताउँदै लोकेशले यो समयमा समाज लाई सहयोग हुने हिसाब ले रक्षकको काम गर्नु पर्ने भएका छन्। उनले यसै लाई मध्यनजर गर्दै रक्त दान कार्यकम ले मानिस लाई रक्षा गर्न मदत गर्ने बताएका छन्।
उक्त रक्तदान कार्यक्रममा आर आर क्याम्पस आस पास का स्थानीय सँग सँगै विद्यार्थी हरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा ७३ पिन्त रगत संकलन भएको छ।
Comments