अमेरिकाले भारतलाई लगाएको कर हटाउन राख्यो यस्ता सर्त

Bhugolpark

२२ भाद्र, २०८२,१०:२९

काठमाडौं । अमेरिकी उद्योग मन्त्री हावर्ड लुट्निकले भारतमाथि लागेको २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउन तीन सर्त राखेका छन् । ब्लुमबर्ग टीभीसँग कुरा गर्दै उनले भारतले रूसबाट तेल किन्न बन्द गर्नुपर्ने, ब्रिक्सबाट अलग हुनुपर्ने र अमेरिकालाई समर्थन गर्नुपर्ने बताएका छन् ।  उनले भने, “भारतले रूस र चीनबीच पुल बन्न चाहन्छ भने बन्न सक्छ । यसले डलर वा अमेरिकालाई समर्थन र आफ्नो सबैभन्दा ठूलो ग्राहकलाई समर्थन नगर्ने भए ५० प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ ।”

यद्यपि, उनले भारतले चाँडै अमेरिकाका साथ द्विपक्षीय व्यापार सम्झौताको वार्तामा सहभागी हुने आशा व्यक्त गरे । उनले अमेरिका सधैँ वार्ताका लागि तयार रहेको बताए । लुट्निकले भारत र अमेरिकाबीच व्यापारिक तनाव रहेको तर चाँडै नै भारतले माफी मागेर राष्ट्रपति ट्रम्पसँग वार्ताको टेबुलमा आउने बताए ।

उनले भने, “एकदेखि दुई महिनामा भारत ट्रम्पसँग वार्ताको टेबुलमा आउनेछ र माफी माग्नेछ ।” लुट्निकका अनुसार, भारतले ट्रम्पसँग नयाँ सम्झौता गर्ने प्रयास गर्नेछ । यो सम्झौता ट्रम्पको सर्तमा हुनेछ र उनीहरूले प्रधानमन्त्री मोदीसँग मिलेर यसलाई अन्तिम रूप दिनेछन् ।

यता, भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर जायसवालले भारतले अमेरिकासँग व्यापारका मुद्दामा वार्ता जारी राख्ने बताएका छन् । उनले भने, “हामी क्वाडलाई चार देशबीच धेरै मुद्दामा छलफलका लागि एउटा राम्रो मञ्च मान्छौँ । नेताहरूको बैठक सदस्य देशहरूबीच कूटनीतिक वार्ताबाट तय हुनेछ ।”

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले ट्रम्पको यस पोस्टमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । भारतमा ५० प्रतिशत ट्यारिफ लगाएपछि दुवै देशबीचको सम्बन्ध बिग्रिएको छ । 


11 Views

Comments