प्रेस विज्ञप्ती: महालक्ष्मी विकास बैंक लि. र कलेजहरु बिच साझेदारी पत्रमा हस्ताक्षर

Bhugolpark

२१ कार्तिक, २०७९,०३:५१

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ । 

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक श्रीे तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख श्री बिशाल राज कार्कीले हस्ताक्षर गर्नु भएको हो । 

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक श्री मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख श्री बिशाल राज कार्कीले हस्ताक्षर गर्नु भएको हो । 

उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि Internship Opportunity, Job Fair Program, Banking Awareness Program, Guest Lecture Visit लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 


139 Views

Comments