बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

Bhugolpark

१ भाद्र, २०८२,१०:४०

२ भदौ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-७ स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।


बागमती प्रदेश ०२-०४१ प ६८१९ को स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए ।


दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बूढानीलकण्ठले जनाएको छ । उनीहरुका आफन्त सम्पर्कमा आएका छैनन् । एक जनाको सनाखत समेत नभएकोले आफन्तको खोजी भरहेको प्रहरी प्रभाव बूढानीलकण्ठले जनाएको छ ।


दुर्घटनामा गोरखा आरुपोखरी घर भई बूढानीलकण्ठ -८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८-३० वर्षका पुरुष र ३०-३२ वर्षका पुरुष घाइते छन् । पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर रहेको छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।


 


13 Views

Comments