भारतमाथि भन्सार कर अझै बढाउने ट्रम्पको धम्की

Bhugolpark

२१ श्रावण, २०८२,१०:३२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि भारतमा भन्सार कर (ट्यारिफ दर) बढाउने चेतावनी दिएका छन् । 


“भारतले रूसबाट ठूलो परिमाणमा तेल खरिद गरिरहेको मात्र छैन खरिद गरेको यो तेलको ठूलो हिस्सा खुला बजारमा बेचेर ठूलो नाफा पनि कमाइरहेको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उनीहरूलाई युक्रेनमा रूसको युद्ध मेसिनले कति मानिसहरूको ज्यान लिइरहेको छ भन्ने कुनै चिन्ता छैन । यही कारणले म भारतमा ट्यारिफ दर बढाउन गइरहेको छु ।”

  

यसअघि, जुलाई ३० मा पनि ट्रम्पले भारतमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए । उनले भारतले रूसबाट सैन्य उपकरण र तेल खरिद जारी राखेमा हालको भन्सार करबाहेक थप जरिबाना पनि लगाउन सकिने बताएका थिए । भारतको यो खरिदले रूसलाई युक्रेनमा युद्ध जारी राख्न सहयोग पुर्‍याइरहेको ट्रम्पको आरोप छ । 


134 Views

Comments