उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

Bhugolpark

१५ श्रावण, २०८२,१०:५४

कटारी । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अँधेरीमा बिहीबार (साउन १५) बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 


काठमाडौंबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४, बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका निम्ति जिल्ला अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


22 Views

Comments