विश्व बाघ दिवस: नेपालमा बाघको संख्या ३५५ पुग्दा संरक्षणसँगै चुनौती बढ्दै

Bhugolpark

१३ श्रावण, २०८२,१२:२४

‘विश्व बाघ दिवस’ आज नेपालसहित विश्वभर मनाईंदै छ । सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा आयोजित पहिलो अन्तरराष्ट्रिय बाघ सम्मेलनले यो दिवस मनाउने निर्णय गरेपछि पाटेबाघ संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मनाउन थालिएको छ । नेपालमा हालैको गणनाअनुसार बाघको संख्या ३५५ पुगेको छ । डेढ दशकअघि यो संख्या मुश्किलले एक सय बढी थियो । अहिले बाघको संख्या वृद्धिसँगै व्यवस्थापनमा चुनौतीहरू थपिएका छन् । मानव–बाघ द्वन्द्व, चोरी शिकारी, बासस्थानको अभाव मुख्य समस्या हुन् । विज्ञहरूका अनुसार नेपालमा बाघको ‘धान्नसक्ने क्षमता’ करिब चार सय मात्रै हो । तेब्बरको संख्यामा रहेको संख्याबाट अब थप समस्या आउनसक्ने बताइन्छ । हाल विश्वभर बाघको संख्या झण्डै पाँच हजार पाँच सय पुगेको छ । तीमध्ये भारतमा तीन हजार बढी, रूसमा साढे सात सय, इन्डोनेसियामा चार सय र नेपालमा साढे तीन सय छन् ।


76 Views

Comments