९ कम्पनीका सेयर मूल्यले तोडे नयाँ रेकर्ड

Bhugolpark

९ श्रावण, २०८२,१०:०९


 ९ साउन, काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो ।


मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् । यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८.२२, राधिको ८७०.५४, बुटवल पावरको १०३३.२८, ङादी ग्रुपको ४४६.०५ तथा सान्भीको ५७७.९० रुपैयाँ छ ।

३८ अंकले बढ्यो सेयर बजार, ९ अर्ब ३१ करोडको कारोबार - Nepal Daily

हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमा र ट्रेड टावर, विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङस्को मूल्य हालसम्मकै उच्च भएको हो । ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।


52 Views

Comments