पासपोर्ट बनाउने चहलपहलमा भारी गिरावट, एकै वर्षमा एक लाखले घट्यो संख्या!

Bhugolpark

६ श्रावण, २०८२,१०:५७

काठमाडौं । पासपोर्ट लिनेको संख्या गत आर्थिक वर्ष २०८१/८२ मा घटेको छ, विगतको तुलनामा । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष पासपोर्ट बनाउनेको संख्या ७.९० प्रतिशतले घटेको हो । परराष्ट्र मन्त्रालय राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा कुल १३ लाख ५६ हजार ८८७ थान पासपोर्ट जारी भएको छ ।


अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष पासपोर्ट लिनेको संख्यामा १ लाख १६ हजार ४३८ ले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ७३ हजार ३२५ थान पासपोर्ट जारी भएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा २ लाख ६६ हजार ३०८ जनाले राहदानी विभागबाट, ५ लाख ७३ हजार ७७४ जनाले जिल्ला प्रशासन कार्यालय र २ लाख ७८ हजार ८०२ जनाले विदेशस्थित नेपाली नियोगहरुबाट पासपोर्ट लिएका थिए । 


विभागका अनुसार, २०८१ साउनमा १ लाख ४४ हजार ४४१, भदौमा १ लाख ४ हजार ९३०, असोजमा १ लाख १३ हजार १८८, कात्तिकमा ९४ हजार ५२२, मंसिरमा ९५ हजार २९३, पुसमा १ लाख १९ हजार ८९३, माघमा १ लाख २८ हजार ९८, फागुनमा १ लाख ६ हजार २७१ र चैतमा १ लाख २ हजार ८६७ थान पासपोर्ट जारी गरिएको थियो । यस्तै, २०८२ वैशाखमा १ लाख ९ हजार ३८१, जेठमा १ लाख ९ हजार ७७५ र असारमा १ लाख २८ हजार २२८ थान पासपोर्ट जारी भएको विभागको तथ्याङ्कले देखाउँछ । 


विभागका अनुसार, गत आर्थिक वर्ष प्रत्येक दिन औसतमा ३ हजार ७१७ थानभन्दा बढी पासपोर्ट जारी गरिएको थियो । विभागको तथ्याङ्क अनुसार, बितेको १५ वर्षमा विभागले १५ वर्षमा १ करोड १८ लाख ५५ हजार ११३ थान पासपोर्ट जारी गरेको छ । आर्थिक वर्ष २०६७/६८ देखि २०८१/८२ सम्मको अवधिमा उक्त संख्यामा पासपोर्ट जारी भएका हुन् । यो संख्या भनेको हाल नेपालको कुल जनसंख्याको ४०.६४ प्रतिशत हो ।

एक्कासि किन बढ्यो पासपोर्ट बनाउनेको भीड ?::घरजग्गा सम्बन्धि नेपालकै पहिलो  अनलाइन पत्रिका

पछिल्लो १५ वर्षमा जति पनि पासपोर्ट जारी भएका छन् ती सबै मेशिनले पढ्ने राहदानी (एमआरपी) र विद्युतिय राहदानी (ई–पासपोर्ट) मात्र हुन् । बितेको १५ वर्षमा प्रत्येक वर्ष औसतमा ७ लाख ९० हजार ३४० थानभन्दा बढी पासपोर्ट जारी भएको विभागको तथ्याङ्कले देखाउँछ । विभागबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०६७/६८ मा १ लाख ७३ हजार ७६२ थान, २०६८/६९ मा ४ लाख ७ हजार ५३२ थान, २०६९/७० मा ५ लाख ६८ हजार १२७ थान, २०७०/७१ मा १० लाख १२ हजार ७३९ थान र २०७१/७२ मा १३ लाख ३६ हजार ८३८ थान पासपोर्ट जारी भएका थिए ।


यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ८ लाख ७० हजार ३४६ थान, २०७३/७४ मा ५ लाख ५७ हजार १८८ थान, २०७४/७५ मा ५ लाख ३१ हजार ६३३ थान, २०७५/७६ मा ५ लाख १५ हजार १४६ थान, २०७६/७७ मा ३ लाख ९८ हजार ८४२ थान पासपोर्ट नेपालीले लिए । आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ४९ हजार १७५ थान, २०७८/७९ मा ८ लाख ३२ हजार ३०९ थान, २०७९/८० मा १४ लाख ७१ हजार २६४ थान, २०८०/८१ मा १४ लाख ७३ हजार ३२५ थान र २०८१/८२ मा १३ लाख ५६ हजार ८८७ थान पासपोर्ट जारी भएका थिए । 


सबैभन्दा ठूलो संख्यामा पासपोर्ट आर्थिक वर्ष २०८०/८१ मा विभागले जारी गरेको थियो । आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर बढ्दै आएको पासपोर्ट लिनेको संख्या गत आर्थिक वर्ष मात्र घटेको तथ्याङ्कले देखाउँछ । बितेको १५ वर्षमा विभागले ७१ लाख ८५ हजार ६५७ थान एमआरपी र ४६ लाख ६९ हजार ४५६ थान ई–पासपोर्ट जारी गरेको छ । ‘अब हामीसँग ४ लाख ३० हजार ५४४ थान खाली ई–पासपोर्ट बाँकी छन्,” राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले भने ।

राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन, एक करोड बढी राजस्व सङ्कलन –  Arthatantra.com

नेपालले हस्तलिखित पासपोर्ट बन्द गरी एमआरपी जारी गर्न सुरु गरेपछि १ करोड १८ लाखभन्दा बढीको संख्यामा पासपोर्ट जारी गरेको हो । यसमा ई–पासपोर्ट पनि समावेश गरिएको छ । राहदानी विभागले हस्तलिखित राहदानी बन्द गरी २०६७ मंसिर १० गतेबाट एमआरपी जारी गर्न सुरु गरेको थियो । यस्तै, विभागले एमआरपीबाट स्तरोन्नति गर्दै २०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सुरु गरेको थियो ।


137 Views

Comments