सुनको मूल्य तोलामा ४०० ले बढ्यो

Bhugolpark

६ श्रावण, २०८२,१२:१७

काठमाडौं

नेपाली बजारमा सोमबार (साउन ५ गते) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो।

साउन ५ मा छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार (साउन ४ गते) छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आइतबार जस्तै सोमबार पनि चाँदी प्रतितोला २,२८५ रुपैयाँमै खरिद–बिक्री भइरहेको छ।

सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो


223 Views

Comments