निशु कान्त झा ,CEO,..." />
मिसेस नेपाल वर्ल्ड 2025 मा सहभागिताको लागी आवेदन खुला

Bhugolpark

२२ असार, २०८२,०१:०४

मिसेस नेपाल वर्ल्ड 2025 मा सहभागिताको लागी आवेदन खुला

थप जानकारी को लागि: निशु कान्त झा ,CEO, Ribbon Entertainment (mrsnepalworld@gmail.com)


महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा

स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर

आयोजित हुँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु कान्त झाले कार्यक्रममा बताए ।

यस वर्षको प्रतियोगिता बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी गराउँदै

अध्यक्ष झाले कार्यक्रममा भने, ‘यसपटकको मिसेस नेपाल वल्र्ड प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुति

मात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो

अभियानका रूपमा अघि सारिएको छ ।’


उनले प्रतियोगिताको ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने

जनाए । प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल

होटलमा सम्पन्न हुने र त्यसपछि छनोट भएकाहरूलाई विभिन्न प्रशिक्षणमार्फत फिनालेसम्मको यात्रा तय

गराइने बताइएको छ ।


यस प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको कुनै मापदण्ड राखिएको छैन । इच्छुक

प्रतियोगीहरूले न्यूनतम एस.एल.सी. उत्तीर्ण हुनुपर्ने छ । विवाहित महिला मात्र नभई दम्पत्य सम्बन्ध

विच्छेद तथा एकल महिलाहरूले पनि यो प्रतियोगितामा फाराम भर्न सक्ने छन् । आवेदन फारम खल्ती एप

वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिने छ ।


सोही मञ्चबाट मिसेस नेपाल वल्र्डसँगै ८ औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल

उपाधिका विजेता पनि घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिका हुने मिसेस वल्र्ड

२०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

विगत वर्षहरूमा मिसेस नेपाल वल्र्डको उपाधि पाउने मध्ये २०२१ मा दिक्ष्या केसी, २०२३ मा पृथ्वीया थापा

थिए । यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुमेकी हुन् । विशेष रूपमा पृथ्वीया थापाले मिसेस वल्र्ड

२०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ‘ह्युम्यानिटेरियन अवार्ड’ प्राप्त गरेकी थिइन्, जुन नेपालको लागि

गौरवको विषय बनेको थियो ।






106 Views

Comments