सेफ किचेन: प्रविधिसहितको सफा र पारिवारिक अनुभव

Bhugolpark

१० असार, २०८२,१३:४१

काठमाडौँ, १० असारः काठमाडौंको चाबहिलमा रहेको ‘सेफ किचेन एण्ड बर्गर हाउसले प्रविधियुक्त खाना परीक्षण गर्ने प्रणाली भित्र्याएको छ। सेफ किचेन ले उच्च सरसफाइ र ग्राहकमैत्री सेवा प्रदान गर्न उक्त खाना परीक्षण गर्ने थर्मोमिटर किट ल्याएको छ।  



रेस्टुरेन्टले खाना पकाउँदा विशेष फुड थर्मोमिटर को प्रयोग गर्छ, जसबाट मासुजन्य परिकारहरूमा आवश्यक तापक्रम - कम्तीमा ७५ डिग्री सेल्सियस - सुनिश्चित गरिन्छ। यसले खानेकुरा पूर्ण रूपमा पाकेको र सुरक्षित भएको प्रमाणित गर्छ। साथै, फ्रिजको तापक्रम पनि नियमित जाँच गरिने व्यवस्था छ, जसमा तापमान ० देखि -१८ डिग्री सेल्सियसबीच कायम राखिन्छ।


उक्त रेस्टुरेन्टले सरसफाइलाई ध्यानमा राखेर भान्सा, टेबल र भुइँ नियमित रूपमा सफा गरी खाना बनाउने कर्मचारीहरू पन्जा, हेयर क्याप र एप्रोन प्रयोग गर्छन्। रेस्टुरेन्ट भित्र शुद्धता र स्वच्छता विशेष प्राथमिकतामा रहेको छ।



अन्य रेस्टुरेन्ट ले किचेन सम्म ग्राहकको पहुँच हुँदैन भने सेफ किचेन ओपन किचेन भएकाले पनि जोकोहि ग्राहक किचेन सम्म पुगेर नियाल्न सक्ने सञ्चालक तेम्बा लामा बताउँछन्। सेफ किचेन स्वागत कक्षदेखि टेबलसम्म सहज सेवा दिने उद्देश्यले ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गरेको छ। शान्त, सफा र पारिवारिक वातावरणले सेफ किचेनलाई अन्य रेस्टुरेन्टभन्दा फरक बनाएको छ।


1067 Views

Comments