सेवा, सिर्जना र संकल्पका प्रेरक युवा – टिका नगरकोटी

Bhugolpark

३० जेष्ठ, २०८२,११:२९

काठमाडौँ, ३० जेठः टिका नगरकोटी एक जुझारु युवा उद्यमी तथा समर्पित राजनीतिज्ञ हुन्। हाल नगरकोटी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुढानीलकण्ठ नगर समितिका सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

राजनीतिलाई सेवा मानेका नगरकोटीले राजनीति मात्र नभई अन्य पेशागत कामहरूमा पनि सक्रिय छन्। उनले फोहरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यममार्फत बुढानीलकण्ठ क्षेत्रमा करिब ३५ जनालाई रोजगारी सिर्जना गरेका छन् उनी भन्छन् म सफाईकर्मी हु लकडाउनको बेला होस् कोभिडमा तपाईँको परिवारले नै परस्कृत गरेको बेला मेरो टिमले फोहोर मैला संकलन गरी सफा राखेकाथियौ । सबैले चाडपर्व मनाउँछन् तर हामी ३६५ दिन नै काम गर्छौं- नगरकोटीले भने ।

सामाजिक रूपान्तरणमा विश्वास राख्ने नगरकोटी आध्यात्मिक सोचप्रति पनि आकर्षित छन् उनी भन्छन् बाहिरी चेतना भन्दा पनि अध्यात्मले आफूभित्रकै स्वस्फुर्त ज्ञानलाई बढाउने र अध्यात्ममा सबै सबैको झुकाव हुन जरुरी छ। आध्यात्मिकता, उद्यमशीलता र समाजसेवाको समन्वयमार्फत समृद्धि निर्माण गर्ने लक्ष्य उहाँको रहेको छ।


318 Views

Comments