विद्यादेवी भण्डारी नेकपा एमालेको भावी अध्यक्ष? पार्टीभित्र बढ्दो चर्चा

Bhugolpark

२७ जेष्ठ, २०८२,१६:३७

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को भावी अध्यक्षका रूपमा पार्टीभित्र चर्चा बढ्दै गएको छ। अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट नेताहरूले भण्डारीलाई विकल्पका रूपमा अघि सार्न थालेका छन्। ओलीले हालै सार्वजनिक कार्यक्रममा यस्तो चर्चाले पार्टी कमजोर बनाउने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। अनेरास्ववियुको भेलामा उनले ‘को आउने रे, कसको खोजी भइरहेको रे’ भन्दै कटाक्ष गरेका थिए। यसबीच, भण्डारीले आफूमा कुनै व्यक्तिगत आकांक्षा नरहेको प्रतिक्रिया दिएकी छन्। जबाफमा भण्डारीले ओलीको अभिव्यक्ति आफूतिर लक्षित होला भन्ने नलागेको बताइन्। ‘एमालेका अध्यक्षले मैतिर ताकेर भनेको हो जस्तो लाग्दैन। किनभने, मेरो व्यक्तिगत आकाङ्क्षा केही छैन। अध्यक्षले बरू कार्यकर्ताहरूलाई महाधिवेशनअघि नेतृत्वको चिन्ता नगर, हामी मिलाउँछौं भन्नुभएको होला।’ समाजसँग साक्षात्कार गर्न पार्टीको अनुमति लिन नपर्ने उनको भनाइलाई ओलीप्रतिको अप्रत्यक्ष जवाफका रूपमा हेरिएको छ।


105 Views

Comments