राज्यका निकायले चिन्ने नागरिकता दिन गैरआवासीय नेपालीहरूको माग

Bhugolpark

२७ जेष्ठ, २०८२,१४:०१


गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नागरिकता दिन माग गरेका छन् । 

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भएको नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनीहरूले गैरआवासीय नेपालीलाई राज्यले प्रदान गरेको नागरिकतालाई नेपालकै निकायहरूले मान्यता नदिएकाले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरे ।


 गैरआवासीय नेपालीहरूलाई अहिले गई आवासीय नागरिकता प्रदान हुँदै आएको छ । तर अंशबन्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिइएको उनीहरूको गुनासो छ ।


182 Views

Comments