मुग्लिन–पोखरा सडक विस्तार: पश्चिम खण्डको ५३ प्रतिशत काम सम्पन्न

Bhugolpark

२७ जेष्ठ, २०८२,११:५५

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत् पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए। पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए।


201 Views

Comments