"सरकारी सम्झौता रद्दको धम्कीपछि टेस्लामा १५० अर्ब डलरको क्षति"

Bhugolpark

२४ जेष्ठ, २०८२,१०:५७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका मालिक इलन मस्क एक अर्काविरूद्ध व्यक्तिगत वादविवादमा उत्रिएका छन्। बिहीबार ट्रम्पले मस्कको कम्पनीसँ सरकारी सम्झौता रद्द गर्ने धम्की दिएपछि उनीहरूले व्यक्तिगत तहमै उत्रिएर एक अर्काको आलोचना गरेका हुन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्ट र मस्कले एक्सबाट एकअर्काको आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा सरकारको अर्बौं डलर बचाउन इलनका सरकारी अनुदान र सम्झौताहरू रद्द गर्ने बताएका थिए। ट्रम्पले त्यसो भनेपछि टेस्लाको शेयर १४ प्रतिशतले घटेको र कम्पनीको बजार मूल्यमा करिब १५० अर्ब डलरको क्षति पुगेमो थियो। यो टेस्लाको इतिहासमा एकै दिनको सबैभन्दा ठूलो गिरावट हो भनेर रोयटर्सले लेखेको छ।


329 Views

Comments