स्कटल्यान्ड जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा खेलेका सबै अभ्यास खेलमा सफल

Bhugolpark

१४ जेष्ठ, २०८२,१२:२५

काठमाडौँ, जेठ १३: आइसिसी विश्वकप लिग–२ को सिरिजका लागि स्कटल्यान्ड जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डमा खेलेका सबै अभ्यास खेलमा जित निकालेको छ। सोमबार राति गुमरगनविरूद्धको अभ्यास खेलमा नेपालले डिएलएस मेथडमा ५० रनको जित निकाल्यो। यसअघि नेपालले ग्लोसेस्टरशायरसँगको दुई टी–२० खेल, एमसिसी र कार्डिफको न्यु पोर्ट क्रिकेट क्लबसँग पनि जित हासिल गरेको थियो। अब नेपाली टोली स्कटल्यान्ड जानेछ। नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ। लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० सिरिज असार २ देखि सुरु हुनेछ।


257 Views

Comments