टोटेनहम हटस्परले युरोपा लिग जिते

Bhugolpark

८ जेष्ठ, २०८२,१६:०१

काठमाडौँ, ८ जेठः टोटेनहम हटस्परले युरोपा लिग जितेको छ। गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटेनहम युरोपा लिग च्याम्पियन बनेको हो। सान मामेसमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको हो। ४२ मिनेटमा टोटेनहमका ब्रेन्नन जोनसनले गरेको गोल खेलमा निर्णायक बनेको थियो। टोटेनहमले १७ वर्षपछि प्रमुख ट्रफी जितेको हो।


53 Views

Comments