काठमाडौँ, ८ जेठः जनमत पार्टीले मधेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । पार्टीले वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियालाई फिर्ता गर्ने तयारी गरेको हो । उनी दुवै जनालाई फिर्ता बोलाएर जनमतले समानुपातिक प्रदेश सांसद बसन्त कुशवाहा र प्रत्यक्ष निर्वाचित सांसद सञ्जयकुमार यादवलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ । कुशवाहा जनमतका उपाध्यक्ष हुन्
Comments