राष्ट्रीय युवा परिषद अन्तर्गत युवा पर्यटन सञ्जाल गठन

Bhugolpark

८ जेष्ठ, २०८२,०८:२५

राष्ट्रीय युवा परिषद अन्तर्गत युवा पर्यटन सञ्जाल गठन

। २०८२ जेष्ठ ७ गते मङ्गलवार;

काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले युवा पर्यटन सञ्जाल गठन गरेको छ। परिषद्को युवा सञ्जाल गठन तथा परिचालन कार्यविधि २०७६ को परिच्छेद ३, दफा ५ बमोजिम यो सञ्जालको गठन गरिएको हो।


सञ्जालको केन्द्रीय संयोजक (अध्यक्ष) अनुप सुबेदी चयन भएका छन्। उनी बागमती प्रदेश, ललितपुरका अनुभवी पर्वतारोही हुन्, जसले नेपालसहित विदेशका विभिन्न हिमालहरू आरोहण गरिसकेका छन्। वरिष्ठ उपाध्यक्षमा दावा फिन्जो भोटे चयन भएका छन्। उनी थुप्रैपटक सगरमाथा आरोहण गरेका भोटे पर्यटन क्षेत्रमा सक्रिय तथा प्रभावशाली व्यक्ति हुन्। सचिवमा सुर्खेतकी बिनिता बोगटी र सह–सचिवमा हुम्लाका भानुभक्त चयन भएका छन्, जो धार्मिक पर्यटनमा सक्रिय छन्। कोषाध्यक्षमा श्रृष्टि तामाङ चयन भएकी छन्।


अन्य निर्वाचित सदस्यहरूमा सतिश खत्री, रुपक शिलवाल, रमित मल्ल, राजकुमार शाही, दिनेश श्रेष्ठ, अजय यादव, महेश जैशी, र हरि शर्मा न्यौपानेसहित जम्मा १५ सदस्य छन्।


200 Views

Comments