काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको नमोबुद्ध काठमाडौंबाट नजिकमा रहेको एक पर्यटकीय गन्तब्य हो।
बिदा मनाउन र परिवारसहित घुमघामको योजना बनाइरहेका मानिसहरूको लागि यो उपर्युक्त गन्तव्य हुनेछ। बौद्ध धर्मालम्बिका लागि पवित्र तिर्थस्थल नमोबुद्ध प्राकृतिक रुपमा पनि निकै सुन्दर छ। यहाँबाट बिहान-बेलुका आकर्षक सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ ।
नमोबुद्धमा पर्यटकीय संरचना निर्माण तिव्ररुपमा निर्माण भइरहेको छ । स्तरीय होटलहरु खुल्ने क्रममा छन् । पदयात्राका लागि बाटोहरु बन्दैछन् ।
काठमाडौंबाट करिब ५५ किलोमिटर दुरीमा रहेको नमोबुद्ध पुग्न अरनिको राजमार्ग हुँदै काभ्रेको सदरमुकाम धुलिखेलसम्म जानुपर्छ। त्यसपछि अरनिको राजमार्गलाई छोडेर वि.पि राजमार्ग हुँदै काभ्रे भन्झाङ पुगेपछि त्यहाँबाट करिब ८ किलोमिटरको यात्रा पश्चात पुगिन्छ।
मोटरबाइकमा जाने जोडीहरू धेरै हुन्छन् भने हाइकिङ्गबाट पनि धेरै यात्रु नमोबुद्ध पुग्छन्। नजिकका पर्यटकीय गन्तव्यहरू मन्थली धुलिखेल जाने यात्रुले नमोबुद्ध पनि घुम्न भ्याउँछन् ।
प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको यस क्षेत्र स्वच्छ वातावरण, मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटक लाई अत्यन्तै आकर्षित बनाएको छ।
Comments