नेपालको एआई नीति २०८१ ((AI Policy Draft) को मस्यौदा माथि छलफल वेबिनार
काठमाडौँ, ९ फेब्रुअरी २०२५ – नेपालमा कृत्रिम बुद्धिमत्ता (AI) नीति २०८१ को मस्यौदालाई परिमार्जन तथा थप सशक्त बनाउने उद्देश्यसहित वेबिनार सफलता पूर्वक सम्पन्न भएको छ। Independent Think Tank Forum द्वारा आयोजित यो महत्वपूर्ण वेबिनार BhugolPark को होस्टमा सञ्चालन भएको थियो, जसमा सरकारी अधिकारीहरू, नीति निर्माता, प्रतिष्ठित उद्योग व्यवसायी, अनुसन्धानकर्ता, विद्यार्थी तथा एआई क्षेत्रका विज्ञहरू सहभागी भएका थिए।
कार्यक्रमका वक्ताहरूमा विशाल भण्डारी, नवीन मुनकर्मी, उपेक्शा तुलाधर, राम भट्टराई, सञ्जीव उप्रेती, दर्शन पराजुली लगायतका प्रख्यात विशेषज्ञहरू रहेका थिए। वेबिनारको सञ्चालन (मोडरेशन) सिमोन धुंगानाले गरे।
एआई नीति सुधारमा ऐतिहासिक छलाङ
यस कार्यक्रममा नेपालको एआई नीति २०८१ का सम्भावना, चुनौती, र आवश्यक सुधारहरूबारे गहन छलफल गरियो। वक्ताहरूले एआईको नीति, शिक्षा, उद्योग, डाटा सुरक्षाका पक्षहरू, तथा एआईको जिम्मेवार उपयोगका लागि आवश्यक कानुनी ढाँचा सम्बन्धी बहस गरे।
कार्यक्रममा सहभागीहरूले व्यापक सुझावहरू प्रदान गरेका थिए, जसमा एआई नीति कार्यान्वयनको स्पष्ट खाका, लैंगिक समावेशिता, एआई स्टार्टअपहरूको प्रवर्द्धन, र डेटा गभर्नेन्सलाई सशक्त बनाउने विषयहरू प्राथमिकताका रूपमा उठाइयो।
सरकारलाई प्रत्यक्ष सिफारिस हस्तान्तरण गरिने
वेबिनारबाट संकलित महत्वपूर्ण सुझावहरू संकलन गरी नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिनेछ।
एआई नीति सुधार लक्ष्य हासिल गर्न यस वेबिनारले महत्वपूर्ण योगदान पुर्याएको छ। सहभागीहरूका अनुसार, यो छलफल नेपाललाई एआई नवप्रवर्तनको केन्द्र बनाउन एक महत्त्वपूर्ण कदम हुनेछ।
नेपालको एआई भविष्य उज्यालो बनाउने दिशामा यो छलफल टर्निङ प्वाइन्ट बन्ने विश्वास गरिएको छ!
Comments