२२ जेठ,काठमाडौँ । लुनिभा: तुलाधरको जन्म काठमाडौँको रैथाने नेवार परिवारमा भएको हो । उहाँका बुबा गायक हुनुहुन्छ भने हजुरबुबा शास्त्रीय संगितकार हुनुहुन्थ्यो। उहाँ नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता तथा कलाकार हुनुहुन्छ । उहाँलाई नेपाली टेलिभिजन दुनियाँमा पवनकलीको नामले चिन्ने गर्दछन् । रङ्गमञ्चमा नाटक प्रहशन गरेर कलाकारिता क्षेत्रमा प्रवेश गर्नुभएको उहाँले धेरै नाटक प्रहशन गरी सक्नुभएको छ । यसको अलवा दर्जनौ नेपाली चलचित्रमा समेत अभिनय गरी सक्नुभएको छ । साथै उहाँले थुप्रै कलाकारहरूलाई मोटीभेषण तालिम दिइरहनुभएको छ । त्यसैगरी आधुनिक दासत्वको सहजीकरण,कमलरी प्रथाको अन्त्य, चेलीबेटी बेचविखनको विरुद्ध आवाज उठाउने काम समेत गर्नुहुन्छ ।
‘म म्युजिकै म्युजिकमा हुर्केँ । मलाई गीत गाउन मन पर्थ्यो तर स्वरले साथ दिएन तर नाट्यश्वरीले भने साथ दिएकाले अभिनय विधा रोजे’ उहाँले बताउँनुभयो । उहाँ बाल्यकालदेखिको रुची र भगवानले दिएको प्रतिभाअनुसारको विधा रोजेमा कलाकारितालगायत अन्य क्षेत्रमा सफलता मिल्ने बताउँनुहुन्छ । कलाकारिता क्षेत्रमा तालिम दिने गर्नुभएको उहाँ दुई तीन महिनाको तालिम दिएको भरमा कलाकार बनाउँन नसकिने बताउँनुहुन्छ । उहाँ गलत आश देखाउनुहुँदैन भन्ने स्वभावकी हुनुहुन्छ । छोटो समयमा तालिम लिएका कलाकारले सोचेअनुसारको प्रगति गर्न सक्दैनन् । जसले गर्दा उनीहरूलाई डिप्रेसन समेत हुने गरेको जानकारी हामीलाई गराउँनुभयो । विश्व रङ्गमञ्चमा काम गरिने कलाकारको सेवा सुविधा राम्रो भए पनि नेपालमा भने सो अनुसार नभएको गुनासो गर्नुहुन्छ । कलाकारहरूको हक हितको लागि सिंगो राज्य लाग्नुपर्ने बताउँनुहुन्छ ।
उनै प्रष्ट वक्ता वहुप्रतिभाकी खानी लुनिभा: तुलाधरसँग भूगोलपार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :
तपाईको बाल्यकाल कसरी वित्यो ?
केटी भएर पनि केटा झैँ निडर र छुकछुके स्वभाव भएको मलाई घर परिवारले कलाकारिता क्षेत्र भन्दा अन्यत्रै काम गरिदिए हुन्थ्यो भन्ने थियो । तर मेरो सानैदेखिको अभिनय गर्ने रुची एवं ममी, काका, दिदी, सानीआमाको सहयोगले कलाकारिता क्षेत्रमा प्रवेश गरे ।
म कक्षा ६ बाटै अभिनय गर्न सक्छु भन्ने लागेको थियो । मैले १५ वर्षमा नै एस. एल. सी. गरेको थिए । कक्षा दशको परीक्षा सकेपछि अंग्रेजी शिक्षक डा. शिव रिजालले मलाई आफ्नो एउटा नाटकमा अभिनय गर्न भन्नुभयो । मैले ‘कोरस’ पात्रको अभिनय गरे । मेरो अभिनयलाई दर्शकले रूचाउनुभयो । सुनिल पोखरेल दाइले मलाई गुरुकुल नाटकघरमा अभिनय प्रशिक्षण दिनुभयो । म लगायत करुणा कार्की, भोला राई, सौगात मल्ल, राजकुमार दाई लगायतले गुरुकुल नाटकघरमा अभिनय गरेका थियौँ ।
त्यसपछि मैले टेलिशृंखला 'होस्टल' मा काम गरे । तीन वर्ष ‘पोथी बास्यो’ कार्यक्रम चलाएर ‘द पवनकली शो’ चलाए । जसलाई अत्यधिक दर्शकले मन पराउँनुभयो । जसले गर्दा मलाई आम दर्शकले लुनिभा भन्दा पनि पवनकलीका नामले चिन्ने गर्छन् ।
तपाई कति वर्षको उमेरमा टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा छिर्नुभयो ?
म १९ वर्षको उमेरमा टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा छिरेको हो । रातिको समयमा छोरी अबेरसम्म बाहिर बस्न हुँदैन छिटै घर फर्किनुपर्छ भन्ने परिवारको मान्यता थियो । मलाई पनि सुरुमा राति हिड्दा धेरै डर लाग्थ्यो । घर बाहिर काम गर्दा केहि मानिसहरू अभिभावक जस्तो ख्याल राख्ने बहानामा गलत तरिकाले छुने जस्तो दुर्व्यवहार गर्न खोज्थे । तर आफू निडर स्वभावकी तुरुन्तै कडा प्रतिकृया दिने भएकाले दुर्व्यवहार सहनुपरेन ।
अनेक अनुभव र भोगाइ समेट्दै पाँच वर्ष नेपालमा काम गरेपछि भारतीय दूतावासबाट छात्रवृद्धि पाएकाले अभिनय सिक्न भारत गए । अभिनयमा डिप्लोमा गरेर काठमाडौँ फर्केपछि निर्देशक अनुप बरालको स्टुडियोमा अभिनय प्रशिक्षणका लागि भर्ना भए । त्यसपछि मैले रेडियो कार्यक्रम ‘कथा मिठो सारंगी’ सँगै टेलिशृंखलाहरूमा काम गरे । हालसम्म मैले करिब २०० वटा नाटकमा अभिनय गरिसकेको छु ।
आम दर्शक एवं स्रोताले रुचाएको पवनकली कस्तो पात्र हो ?
धेरै सोझी गाउँले पारामा ठाडो भाकामा बोल्ने तर छलकपट नजानेकी पात्र हो ।
महिला कलाकारहरूले लैङ्गिक विभेद सहनुपर्छ भनिन्छ, नि ?
हो, कतिपय अवस्थामा करियर बन्छ कि भनेर महिला कलाकारहरू लैङ्गिक विभेद र दुर्व्यवहार सहने गरेको मैले पनि पाएको छु भने कतिपय कलाकार जानिबुझि लैङ्गिक विभेद र दुर्व्यवहार सहने गरेका छन् । तर मेरो बुबा र हजुरबुबा दुवै सांगितिक क्षेत्रबाट आउँनुभएकाले गर्दा र आफू जीविकोपार्जन गर्नकै लागि पैसा कमाउनु पर्ने घर परिबारबाट प्रेसर पनि थिएन् । मैले कहिले पनि लैङ्गिक विभेद र दुर्व्यवहार सहनुपरेन । फेरि मेरो सोच पैसा कमाउनुभन्दा पनि रेडियो टेलिभिजन र नाटकमा अभिनय गरेर आफूलाई चिनाउँनु थियो । कलाकार बन्नका लागि सो विधामा गहन अध्ययन र अभिनयको आवश्यकता पर्छ । त्यसो गर्न सकेको खण्डमा कलाकारिता क्षेत्रमा लागेर जीविका चलाउन गाह्रो छैन् ।
शारीरिक क्षमता कम्जोर भए पनि बौद्धिक क्षेत्रमा पुरुषहरूले सरह हरेक क्षेत्रमा महिलाहरूले अव्वल रुपमा काम गरी रहेका छन् । तर विडम्वना नै भन्नुपर्छ कलाकारिता क्षेत्रमा एकै प्रकृतिको काममा पनि महिलाको भन्दा पुरुषको पारिश्रमिक दोव्वर हुन्छ । केटीहरू सोझा र सजिला हुन्छन्, जे भने पनि मान्छन् भन्ने पुरुषहरूलाई अझैँ भान छ । यस्तो पितृसतात्मक दासत्वको अन्त्य गर्न अहिलेसम्म नियामक निकाय नलाग्नु विडम्वना नै भन्नुपर्छ । नारी भएकै कारण घर परिवार र समाजले उसका निम्ति बनाइदिएका कथित मापदण्डले गर्दा महिला कलाकारहरूले लैङ्गिक विभेद सहनुपरेको छ । कतारको एक कार्यक्रममा जादा ‘मिटु मुभमेन्ट’ को पात्रा बन्नुपरेको थियो जहाँ आयोजकले ढाडमा सुम्सुम्याएका थिए । मैले कडा विरोध जनाएकी थिए । यस्ता गतिविधिलाई रोक्न सफल भए । मेरो जस्तो साहस सबैले राख्नुपर्छ ।
अन्तर्वार्ताको बाँकि भागहरू क्रमश: सम्पादन गर्दै जानेछौँ । पढ्न नभूल्नुहोला ।
Comments