२३ असोज काठमाण्डौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।
निर्वाचन आयोगले बताए अनुसार प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी सुरु हुने कुरा जनाएको छ ।
उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।
Comments