सडक, सदन र सञ्चारमाध्यमबाट विसंगति, भ्रष्टचार, कुशासनको विरुद्ध सशक्त ढंगले आवाज उठाइरहन्छु : डा. सिंह

१८ पुष, २०८०,११:२२

१८ पुस, काठमाडौँ । सांसद डा.अमरेश कुमार सिंहको जन्म सन् १९७० सेक्टेम्वर ५ मा बलारा नगरपालिका-४ सर्लाहीमा पिता राजसागर सिंह र माता चन्द्रामा देविको कोखबाट भएको थियो । सामान्य किसान परिवारमा जन्मिएर पनि पितामा शिक्षाको महत्त बारे ज्ञान हुनाले उनी जहरालाल विश्वविद्यालय इण्डियाबाट एमएसी गरेर नेपालमा आई राजनीतिशास्त्रमा विद्यावारिधि गरेका हुन । निष्ट, त्रिचन्द्र कलेजमा केही वर्ष पढाएपछि गुणस्तरीय विभागमा शाखा अधिकृतको जागिर १ वर्ष खाएका उनको आम्दानी जागिरको भन्दा तेव्वर कमाउने गरेपनि महन्त ठाकुरमार्फत गिरिजा बाबुसँग उठबस भएर एवं कांग्रेसी परिवारमै हुर्कीएकाले देश र जनतालाई केही गरौँ भनेर राजनीतिमा लागेको बुझ्न सकिन्छ ।

उनी सन् २००८ देखि २०२२ सम्म नेपाली कांग्रेसमा क्रियाशील भएका थिए भने गत आम निर्वाचनदेखि हालसम्म उनी स्वतन्त्र सांसदको रुपमा प्रतिनिधिसभामा भूमिका निर्वाह गरिरहेका छन् । नेपाली कांग्रेसमा आवद्ध भएपनि उनले मधेश आन्दोलनमा खुलेर सहभागी भएका थिए । उनले पहाडी खस-आर्यहरूले मधेशीमाथि दमन र विभेदको राजनीति गरेको भन्दै मधेशीहरूको रगत नै अमाल्ने खालको चर्को भाषण गरेका थिए । उनी आन्दोलनका क्रममा २०६२/६३ को मधेश आन्दोलनसहित २ पटक ३०-३५ दिन जेल परेका छन् ।

प्रतिनिधिसभामा निर्वाचन २०७९ मा सर्लाही क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेद्वारी दिएका डा.अमरेश कुमार सिंहले नेपाली कांग्रेसका नागेन्द्र यादवलाई पराजित गरेका थिए । उनले २० हजार १७ मत ल्याई विजय भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १८ हजार २ सय ५२ मत र तेस्रो स्थानमा अर्का स्वतन्त्र उम्मेद्वार मधुमाला यादवले १४ हजार ५ सय ८६ मत ल्याएका थिए ।

उनै मूर्धन्य व्यक्तित्वका धनी प्रखरवक्ता, भ्रष्टचार विरोधी अभियन्ता सांसद मा. अमरेश कुमार सिंह पछिल्लो समय भ्रष्टचारको नाइके प्रधानमन्त्री र भ्रष्टचारी उच्चतहका नेता, कर्मचारी, व्यापारी, विचौलिया, न्यायाधिश आदि हुन भन्दै संसद सडक र पत्रकारमाझ राख्ने गरेको सारगर्भिक भनाई "सांसदसँग समकालिन सम्वाद"मा भूगोल पार्कका समचारदाता करुण सिंहसँग गरिएको सम्पादित अंश :

कांग्रेस छोडनुको कारण के हो ?

देउवा २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री एवं २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए ।

त्यसबेला देउपा ‘सुरा सुन्दरी काण्ड’ र नेपालको इतिहासमा धेरै मन्त्रीमण्डल गठन गर्ने व्यक्तिको रुपमा पनि हुन । २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएको वेलामा बाबुराम भट्टराईलगायतले ४० बुँदे मागपत्र पूरा नभएको भन्दै त्यही वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गर्यो ।

उनै देउवा २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री बनेका उनलाई त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले पदच्युत गरेका थिए । पछि ५ दल ज्ञानेन्द्रको उक्त कदमविरुद्ध आन्दोलित बने र उनै देउवा त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले दिएको प्रधानमन्त्रीमा खानपुगे तर फेरि ज्ञानेन्द्र २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाए र उनलाई शाही सरकारले भ्रष्टचारको अभियोगमा पक्राउ परेका नै हुन ।

२०५९ सालमा पार्टी विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गरेका उनले २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा पुन : पार्टी एकिकरण भयो । नेपालमा गणतन्त्र स्थापना भएपश्चात देउवा २०७४ सालमा पुन : प्रधानमन्त्री बनेका थिए । विकृति र विसंगतिको आधारमा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई पदक दिने हो भने उनले स्वर्ण पदक नै पाउँछन् ।

३ धरीको कांग्रेस छ ।

पीडित कांग्रेस :पीडित कांग्रेसमा निष्ठावान कांग्रेस जो अवसरबाट बन्चित छन् ।

भाउजू कांग्रेस : भाउजू कांग्रेसको नेतृत्व आरजु राणाले गरेकि छिन् । कांग्रेसमा हालिमुहालि भाउजू कांग्रेसकै छ ।

मिडिया कांग्रेस : महामन्त्रीद्वय र प्रदिप पौडेल जो मिडियामा बोल्नलाई त बोल्छन् तर उनीहरूले पार्टी र जनताको काम माखो मारेका छैनन् ।

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालनको असक्षमता पार्टी भित्र चरम गुटबन्दी एवं उनले पार्टीलाई क्षतविक्षत पारे । उनको अत्याचार सहन नसकेर तथा हकअधिकारबाट बन्चित जनताको हक स्थापित गर्न मैले पार्टी त्यागेको हो । तीन करोड जनताको हितको लागि नेताहरूले गरेका विसंगति, भ्रष्टचार, कुशासन, नातावाद, कृपावाद र नेताहरू स्वर्थको चंगुलमा परेरकाले देशमा हुने गरेको विदेशी हस्तक्षेपको विरुद्ध सडक, सदन र सञ्चारमाध्यमबाट सशक्त ढंगले आवाज उठाएको छु ।

नेपालमा भ्रष्टचारको जालो र वैदेशिक हस्तक्षेप रोक्न के गर्नुपर्ला ?

नेपालमा भ्रष्टचारको जालो प्रधानमन्त्रीको कार्यलय भएको र उच्च तहका नेता कर्मचारी विचौलिया व्यापारी मार्वाडीहरूको संलग्नता रहेको छ भन्दै नेपालका राजनीतिक दल र कर्मचारीलाई भ्रष्ट बनाउन विदेशीहरूको स्वार्थ र हस्तक्षेपले काम गरेको छ । उच्च तहका नेता र कर्मचारीका परिवार गरिब र जेहन्दाहरूलाई विदेशीले छुट्याएको छात्रवृतिमा पढ्ने विदेश भ्रमण गर्ने चुनाव खर्च लिने आदि कारणले गर्दा उनीहरू देश र जनताको हितमा भन्दा पनि विदेशीको इसारामा काम गर्ने गरेका छन् ।

द. एशियाको सबैभन्दा गरिब देशमा दर्ज नेपाललाई ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि भ्रष्टचार धरै हुनेमुलुक भनेको छ ।

विदेशी दुतावासमा खान खाना जान र निम्तोमान्न विदेशभ्रमणमा जाने उच्च तहका नेता र कर्मचारीले बन्द गर्नुपर्छ । भ्रष्टीकरण रोक्न मुलुकको विकृति विसंगतिलाई मैले झैँ उच्च आत्मवल गहिरो अध्ययनको आवश्यक्ता पर्छ । जनता र राज्यको चौथौ अङ्ग मिडियाले पनि भ्रष्टचारीहरू विरुद्ध कलम चलाउनुपर्छ । conflict of interest भएका यानि सार्थवाझीएका व्यक्तिहरू विभिन्न समितिमा छन् । त्यस्ता नियुक्ति बन्द गर्नुपर्छ । संवैधानिक नियुक्ति बन्द हुनुपर्छ । कलेज र कर्मचारीले गठन गरेको ट्रड युनियन बन्द हुनुपर्छ । विश्वविद्यालयमा हुने गरेको विद्यार्थी राजनीति बन्द हुनुपर्छ । १७ वटा विश्वविद्यालयमा उपकुलपति रेक्टर क्याम्पस प्रमुख आदिहरूको राजनीतिक नियुक्ति बन्द गरिनुपर्छ ।

एनसेल काण्डको बारेमा केका आधारमा तपाईले विभिन्न समिति मिडियामा बोल्नुभयो ? र सर्वोच्च अदालतमा मुद्दा हाल्नुभयो ?

नेपालमा हुने गरेको हरेक भ्रष्टचारमा प्रधानमन्त्री उच्च तहका नेता कर्मचारी व्यापारी विचौलीयाको जालो जोडिएको छ । उक्त जालो तोड्न एनसेललगायत अर्बौँको भ्रष्टचार काण्डको फाइल खोलिनुपर्छ । एनसेल काण्डमा प्रधानमन्त्री पुत्री गंगा दहालकै प्रत्यक्ष संलग्नता छ । एनसेल छानविन समितिमा conflict of interest भएका यानि सार्थवाझीएका व्यक्तिहरू छन् । त्यसले सत्यतथ्य कुरा वाहिर ल्याउँदेन । अर्बौँको भ्रष्टचार गर्ने सबैलाई जेल हाल्नुपर्छ ।

नेपालको नियामक निकाय नै भ्रष्ट छन् । एक अरब सम्पति भएकालाई बैंक ७ अरबको ऋण दिन्छ । बैंकरहरूले नै उद्योग खोलेका छन् । बैंकरहरू अर्थ समिति रोज्छन् । ठेकदार विकास समिति रोज्छन् ।

किन भ्रष्ट सरकारलाई समर्थन गरिरहनुभएको छ ?

राजनीतिक दूर्घटना छिटै लयमा फर्काउन सकिन्छ तर आर्थीक दूर्घटनालाई पूर्तिगर्ने धेरै वर्ष लाग्छ । नेपाल आर्थिक दूर्घटनाको संघारमा छ । पुराना दलका नेता सबै भ्रष्ट भएकाले हो ।

संघीय सरकारको काम नीति नियम बनाउँने हो । एक वर्षमा कति कानुन बनायो ?

संसदमा १ वर्षमा २५-३० वटा कानुन बनाउनु पर्नेमा मिटर ब्याजसम्बन्धी एउटा मात्र कानुन बनाएको छ । जुन दुखद हो ।

उद्योगीहरूले लिएको डेडिकेटेड लाईन र ट्रंकलाइनको अर्बै बिजुलीको बक्यौता नतिरेको भन्दै सरकारले लाईन काटन सुरु गरेको छ, नि ?

नेपालमा जोडो महिनामा धान्य बिजुली अझैँ पनि अपुग छ । अझैँ पनि भारतबाट विद्युत आयत गरेको छ । नेपालमा जाडोमा पनि लोडसेडिङ मुक्त भएको देखाउन नेपाल विद्युत प्राधिकरणको मिलिभगतमा गरिएको नाटक हो । किनकि, देशमा लोडसेडिङ् नहुन जलाशय भएको आयोजना चाहिन्छ । नेपालमा कुलेखानीभन्दा बाहेक अरू बनेकै छैन् ।

विद्युत महशुल उठाउँनुपर्छ तर राजनीति स्टनको लागि गरिएको नाटक बन्द हुनुपर्छ ।

नेपालको व्यापार घाटा कम गर्न के गर्नुपर्छ ?

सफ्टलोन बैंक तथा वित्तिय संस्थाबाट नेता व्यापारी उद्योगी बिचौलिया आदिले लिने गर्छन् । उक्त कुरा बन्द हुनुपर्छ । बैंक ठूलो मिटर ब्याजी बनेर निमूखा जनताको घरबास उठाएको छ । निमूखा जनतालाई सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ । बजार चलायमान हुन पूँजिगत खर्ज बढ्नुपर्छ । अहिले नेपालीहरूको आम्दानीमा संकुचन आएकाले चाडबाडमा समेत मासु दुध लत्ताकपडा घटेर गएको छ । यो नीतिगत भ्रष्टचारले गर्दा हो ।

नेपालको श्रमशक्ति अदक्ष कामदारका रुपमा २५० डलर आम्दानीका लागि विदेशीएका छन् ।जनकि त्यहाँ दक्ष कामदारले १२ हजार डलर कमाउछन् । नेपाल आफ्ना कामदारको हक हितको लागि काम गर्न डराउछ ।

रास्वपाको मिसन-८४ र एमालेको मध्यपहाडी संकल्प यात्राको वारेमा के भन्नुहुन्छ ?

संसद सडक र सञ्चारमाध्ययमबाट भ्रष्टचारको बारेमा बोल्न उनीहरू नै भ्रष्टचारका मतियार भएकाले बोल्न डराउँछन् । त्यसैले उनीहरूले गर्ने गरेको यात्रा बेमौसमी बाजा हो ।

अन्त्यमा तपाईको भावि योजना के छ ?

सडक सदन र सञ्चार माध्यममा भ्रष्टचार र वैदेशिक हस्तक्षेपको भण्डाफोर गरेर भ्रष्टचारीहरूहरूलाई कानुनी दायरामा ल्याएर जेल पठाउनु हो । यसको लागि देशभक्त तीन करोड जनता सञ्चारमाध्यमको पनि सहयोगको अपेक्षा गरेको छु ।



534 Views

Comments