बौद्ध धर्मालम्बीले एक महिना मनाउने 'गुँला पर्व' सुरु

Bhugolpark

३२ श्रावण, २०८०,१४:१३

साउन ३२, काठमाडौँ । बौद्ध धर्मावलम्बीले मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । नेपाल भाषाको महिना अनुसार दसौँ महिनामा परेकोले "गुँला" भनिएको हो । सो पर्व बौद्ध धर्मालम्बीहरूले एक महिनासम्म मनाउँने गर्दछन् ।

यो महिनालाई बौद्ध धर्मालम्बीहरूले पवित्र महिनाको रुपमा मनाउँने गर्छन् । नेपालमा मनसुन सिजनको अन्त्यतिर सुरु हुने पर्व भक्ति संगीत, पुरातन र समृद्धि बुद्धिष्ट कलाकृतिहरूको प्रदर्शन गर्ने गरिन्छ । मृतक परिवारका सदस्यहरूलाई सम्झना र उनीहरूलाई परलोकमा शान्तिको कामना गर्दै बौद्ध विहार तथा चैत्य गुम्वाको परिक्रमा गरी मनाउँने प्रचलन रहेको छ ।

अझ रोचक कुरा विभिन्न समुदायले परम्परागत बाजा, झ्यालि बजाउने, भैंसीको सिङ फुक्ने कार्यमा समर्पित हुन्छ ।

Photo Credit: Alina Kumari Tamrakar



367 Views

Comments