आयोजक राष्ट्र अष्ट्रेलियालाई पराजित गर्दै इङ्ग्लयान्ड पहिलो पटक विश्वकप फाइनलमा

Bhugolpark

३१ श्रावण, २०८०,१९:३४

साउन ३१, काठमाडौँ । आयोजक राष्ट्र अष्ट्रेलियालाई ३ - १ ले पराजित गर्दै इङ्ग्ल्यान्ड पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि ३ पटकसम्म सेमिफाइनलमै सिमित भएको इङ्गल्यान्ड पहिलो पटक फाइनल यात्र तय गरेको हो ।

खेलको पहिलो हाफको ३६औं मिनेटमा इङ्गल्यान्डले सुरुवाति गोल गरेको थियो । ६३ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट इङ्गल्यान्ड २ वटा डीफेन्डरलाई छल्दै स्याम किरले अष्ट्रलियाका लागि गोल फर्काएकी थिइन ।

तर अष्ट्रेलियाले गोल फर्काएको ७ मिनेटमा इङ्गल्यान्डकी लरेन हेम्पले पेनाल्टी बक्स भित्र डीफेन्डरलाई छल्दै गोल गरिन ।

त्यस्तै इङ्गल्यान्डकी एलेसिया रुसोले ८६ औं मिनेटमा अर्को गोल गरिन । यसरी इङ्गल्यान्ड ३–१ ले अष्ट्रेलियालाई हराउँदै फाइनलमा पुग्न सफल भएको थियो ।

इङ्गल्यान्डले फाइनल खेल भदौ ३ गते स्पेनसँग खेल्नेछ ।



349 Views

Comments