साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’ मनाइँदै

Bhugolpark

१५ श्रावण, २०८०,११:५९

साउन १५, काठमाडौँ । आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक पौष्टिक पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ ।

गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन विकसित हुँदै गएको छ ।

भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खीर पाक्न थालेकाले खिरको मौलिक स्वाद विस्थापित हुँदै गएको छ । गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खीर बनाइ सेवन गरेमा शरीरलाई पोषणतत्व प्राप्त हुने आयुर्वेद शास्त्रमा उल्लेख छ । त्यस्तै वर्षा ऋतु, झरी–बाँदलका बेला र साउन महिनाको मध्यमा खिर खानाले शरीर स्वास्थ हुने भएकाले साउन १५ लाई खीर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।



333 Views

Comments