महालक्ष्मी विकास बैंकद्वारा अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

Bhugolpark

२५ असार, २०८०,११:४९

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, बैंकले गर्दै आएको विभिन्न सामाजिक कार्यमा भाग लिइ पुण्य कमाउनुहोस् !

असार २५, काठमाडौँ । महालक्ष्मी विकास बैंकले अमर माध्यामिक विद्यालय हेटौंडा, पर्सामा कक्षा नौंमा अध्यनरत छात्रा सुमिना भोम्जनलाई अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था यती फाइनान्सका संस्थापक अध्यक्ष स्व. अशोक श्रेष्ठको स्मृतिमा स्थापित अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्व.अशोक श्रेष्ठकी श्रीमती निमर्ला श्रेष्ठले विद्यार्थी भोम्जनलाई हस्तान्तरण गनुभएको हो । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै श्रीमती निमर्ला श्रेष्ठले विद्यार्थीहरू देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गर्नुभयो । विद्यालय व्यावस्थापनका अध्यक्ष उमाकान्त गौतमले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गर्नुभयो । 

 आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगतदेखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैले महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, बैंकले गर्दै आएको विभिन्न सामाजिक कार्यमा भाग लिइ पुण्य कमाउनुहोस् ! भन्ने कामनासमेत भूगोल पार्क गर्दछ ।



193 Views

Comments