बेइजिङ, १४ असार, (रासस-सिन्ह्वा) :
चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताउँनु भएको छ । चीन भ्रमणमा रहनु भएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको उहाँले बताउनुभएको छ ।
सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिदै "न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण" रहेको धारणा राख्नु भएको हो । "हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापकरूपमा परिभाषित गर्न सकिन्छ," उहाँले भन्नुभयो । कोभिड-१९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुन: स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताउँनु भएको छ । प्रधानमन्त्री हिपकिन्सले भन्नुभयो- चीन पहिले देखिनै न्युजिल्याण्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ ।
चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उहाँले भन्नुभयो- द्विपक्षीय शिक्षा सम्बन्ध "धेरै राम्रो" रहेको र दुई देशबीचको शिक्षा सहयोगलाई थप बढावा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकून् । "हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभवहरू प्रदान गर्दछौं। हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहान्छौं," हिपकिन्सले भन्नुभयो, "चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौं। यो सङ्ख्या निरन्तर बढ्दै गएको छ ।" प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा हुनुहुन्छ ।
यस अवधिमा उहाँले उत्तरी चीनको बन्दरगाह शहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४ औं वार्षिक बैठकमा भाग लिदै हुनुहुन्छ ।
Comments