केबुलकारका संचालक एवं अष्ट्रियाका लागि महाबाणिज्यदूत राजेशबाबु श्रेष्ठज्यूलाईं हार्दिक बधाईं

Bhugolpark

२५ बैशाख, २०८०,१३:४८

२५ बैशाख,काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारका संचालक प्रसिद्ध उद्यमी एवं अष्ट्रियाका लागि महाबाणिज्यदूत राजेशबाबु श्रेष्ठज्यूलाई नेपालको लागि अष्ट्रियाका महामहिम राजदूत Ms Katharina Wieser बाट अष्ट्रिया र नेपालको मैत्रीपूर्ण बहुआयामिक सम्बन्ध विकासको लागि असाधरण योगदान पुरयाए वापत अष्ट्रिया सरकारको तर्फबाट सम्मान स्वरुप पदक प्राप्त गर्नु भएको छ ।

गोर्खा मनकामना मन्दिर जानको लागि पहिला-पहिला कुरिन टारबाट घण्टै पटेर लाग्दो उकालो चढेर जानु पर्ने वाध्यता थियो । सो वेला बालबालिका र बृद्धाबृद्धीहरू कसैको बुइ चढेर जानुपर्ने भएकाले आर्थिक दृष्टिकोणले पनि खर्चिलो र बास बस्दै जानुपर्ने भएकाले धेरै समय लाग्थ्यो । सोही कुरालाईं दृष्टिगत गरी मनकामना केबुलकार साढे दुई दशकअघि स्थापना भएको थियो। मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो मनकामना केबुलकारले करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई सेवा प्रदानका साथै अर्थोपार्जनसमेत गर्दै आएको छ ।

 ‘नयाँ वर्षको पहिलो दिनमै १० हजारहाराहारी यात्रुको उल्लेख्य उपस्थितिबाट हामी उत्साहित भएका छौं,’ निर्देशक श्रेष्ठले भनेका थिए उनले मनकामना मन्दिर पुगेर रात बस्ने यात्रुका लागि गुणस्तरीय होटल निर्माण गरिरहेको बताउँदै होटल सञ्चालनमा आएपछि मनकामना मन्दिर पुग्ने स्वदेशी तथा विदेशी पर्यटक अझै बढ्ने विश्वास व्यक्त गरेका थिए । गत वर्ष चैत मसान्तसम्म ७ लाख ५० हजार यात्रुले मनकामना केबुलकारबाट यात्रा गरिसकेका छन्।

सेवाभावनाले ओतप्रोत नेपालको पहिलो केबुलकार मनकामना केबुलकारका कुशल संचालक प्रसिद्ध उद्यमी एवं अष्ट्रियाका लागि महाबाणिज्यदूत राजेशबाबु श्रेष्ठले अष्ट्रिया सरकारको तर्फबाट सम्मान स्वरुप पदक प्राप्त गर्नु भएकोमा भूगोल पार्क परिवारको तर्फबाट हार्दिक बधाईका साथै कार्यकाल सफलताको शुभ कामना ।



199 Views

Comments