डा. महावीर पुनले ४ बुदे माग राखेर सडक आन्दोलन गर्दै धर्नामा

Bhugolpark

१७ बैशाख, २०८०,११:२७

वैशाख १७ काठमाडौं । साधाजीवन उच्चवीचार भन्ने लोकउक्तिलाईं चरितार्थ गर्दै आम नेपालीहरूको मनमस्तिष्कमा बस्न सफल व्यक्तिको सूचिमा अग्रणी स्थानमा नाम दर्ज गर्न सफल व्यक्ति हो डा. महावीर पुन ।सपनाको देश अमेरिकामा पियचडि गरेका पुनले व्यक्तिगत सुखसुविधालाईं तिलान्जली दिई नेपालमा केही गरौं भन्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए । पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।

उनले १५ वैशाख गते माइतीघरबाट ४ बुदे माग राखेर सडक आन्दोलन थालेका थिए ।राष्ट्रिय अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकार गम्भीर हुनुपर्ने माग राखेर पुनको नेतृत्वमा बिहान ०९:०० बजेबाट काठमाडौंको माइतीघर मण्डलाबाट र्‍याली निकालिएको थियो । सोही दिनबाट महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

वैशाख १५ बिहान ०९:०० बजेबाट काठमाडौंको माइतीघर मण्डलाबाट र्‍याली बानेश्वर पुगेर विरोध प्रदर्शनमा परिणत भएको थियो । विरोध प्रदर्शनमा डा. पुनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताएका थिए । त्यो कोष सञ्चालन गरी अनुसन्धान गर्नेहरूलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका थिए ।

आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारीसमेत गराएका थिए ।

विरोध प्रदर्शन पश्चात आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा माइतीघर मण्डलामा नियमित रुपमा धर्ना सुरु गरेका छन् । उनीहरूले उक्त माग सरकारले पुरा नगरेसम्म अहोरात्र धर्नामा बस्ने बताउँदै न्यायप्रमी देशभक्त नेपालीहरूलाई सो आन्दोलनमा सरिक हुन अपिलसमेत गरिएको छ । धर्नामा बसेका व्यक्तिहरूलाईं खाना, चिया नास्ता दिने सहयोगी महानुभावहरूको बाक्लो उपस्थितीसमेत देखियो । त्यस्तै सो त स्फूर्त रुपमा आन्दोलनमा एकवद्धता जनाउँने युवापुस्ता एवं वुद्धिजीवीहरूको समेत वाक्लो उपस्थिती देखिएको छ ।

 उनको जीवनीलाईं हेर्ने हो भने वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ ।

वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।

जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ । यो केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन् ।

‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्त्वपूर्ण सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’समेत दिएको छ । 



185 Views

Comments