माइतीघरबाट ४ बुदे माग राखेर महावीर पुनले थाले सडक आन्दोलन

Bhugolpark

१५ बैशाख, २०८०,१०:३०

१५ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकार गम्भीर हुनुपर्ने माग राखेर पुनको नेतृत्वमा आज बिहान काठमाडौंको माइतीघर मण्डलाबाट र्‍याली निकालिएको हो । 

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

धर्ना सुरु गर्नुअघि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताए । त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरूलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका छन् ।

आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारीसमेत गराएका थिए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।



250 Views

Comments