वैशाख १२,चितवन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा कुल ७८ हजार २७७ मत खसेको थियो ।
गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढी आएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।
कांग्रेस र एमालेले भने पहिलेकै मत समेत जोगाउन सकेनन् ।
मंसिर ४ को आम निर्वाचनमा लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताएका थिए ।
एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको थियो । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन-२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
भूगोल पार्कको तर्फबाट आफ्नो निकटतम प्रतिद्वन्दीभन्दा ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएकामा उनलाईं हार्दिक बधाईं एवं सफल कार्यकालको शुभकामना ।
Comments