चितवनमा रवि फराकिलो अग्रतासहित जितउन्मुख,बारामा उपेन्द्रको अग्रता कायमै

Bhugolpark

१२ बैशाख, २०८०,०७:२७

चितवनमा रवि फराकिलो अग्रतासहित जितउन्मुख

चितवन-२ मा रवि लामिछाने २९ हजार मतले अगाडि रहेका छन्।

वैशाख १२,काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले फराकिलो अग्रता बनाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम् प्रतिस्पर्धीलाई झन्डै २९ हजार मतले उछिनेका छन् । लामिछानेले ४० हजार ६७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् ।राप्रपाका जीभलाल पुरीले २८३ मत पाएका छन्।

आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।

बारामा उपेन्द्रको अग्रता कायमै

वैशाख ११,बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।

प्राप्त पछिल्लो परिणामअनुसार यहाँ जनता समाजवादी पार्टीले गठबन्धनको सहयोगमा अग्रता कायमै राखेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् । उनका निकटतम रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७ सय ७१ मत पाएका छन् ।

तेस्रो स्थानमा नेकपा (एमाले) रहेको छ । एमाले उमेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७०० मत प्राप्त गर्दा रास्वपाका उमेदवार रमेश खरेलले १ हजार १७४ र आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५८७ मत पाएका छन् ।



179 Views

Comments